समाज

धान खेतमै उम्रिन थाल्यो, डुबाएको धान काटेर सुकाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते २१:०१
धान खेतमै उम्रिन थाल्यो, डुबाएको धान काटेर सुकाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ बाँके । अविरल वर्षा पछि आएको बाढीले डुबाएको धान खेतमै उम्रन थालेको छ । तीन दिनसम्म भएको भीषण बर्षाका कारण खेतमै डुबेका धानका बोट कुहिएका छन् ।

मौसममा सुधार भई घाम लाग्न थाले पनि किसानले पानीमा डुबेको धान काटेर ओभानो ठाउमा राख्न नसक्दा त्यो धान खेत मै उम्रन थालेको हो ।

बाढी र डुबानबाट बचेको धान किसानले काटेर भित्राई रहेका छन । नकाटेको धान हाबाहुरीले ढलाएको र काटेको धान पानीले डुवाएका कारण किसानलाई सास्ती भएको छ ।

अहिले घरका पुरुष सदस्यहरु बैदेशिक रोजगारीमा गएका कारण महिला र बालबालिका बाँकी रहेको धान काटन र ओसार्न ब्यस्त छन । तर पानीमा डुबेको धान खेतमै उम्रन थाले पछि किसान चिन्तित भएका छन् ।

काटेको धानका बोट कुहिएको छ भने नकाटिएको धान पनि ढलेका कारण बारीमा जमराझै उम्रिएको छ ।

कृषि प्राविधिकले पानीले डुबाएको धानलाई जति सक्यो छिटो खेतबाट काटेर दाना निकालेर सुकाउन सुझाब दिएका छन । खेत, धानको बोटमा चिस्यानको मात्रा धेरै हुने भएकाले धानबाट दाना निकालेर सुकाएर सके धानबालीमा भएको क्षतिलाई कम गर्न सकिन्छ ।

वर्षा र बाढीका कारण बाँकेमा मात्रै ९ हजार १ सय ५० हेक्टरमा काटिसकेको धान र १० हजार हेक्टरमा पाकेर भित्राउने तयारीमा रहेको धानमा हावा हुरी, वर्षा र डुबानले क्षति गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *