फूटबलमा नेपालले इरानसँग हार्नुको यस्तो रहेछ कारण (भिडियो रिपोर्टसहित)
![फूटबलमा नेपालले इरानसँग हार्नुको यस्तो रहेछ कारण (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/10/balgopal-maharjan-1.jpg)
९ कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले २३ वर्ष मुनिको एसियन कप छनोटको पहिलो खेलमा इरानसँग हार्नुमा तयारी र म्याच एक्सपोजको कमी देखिएको बताएका छन् ।
ताजिकिस्तानको राजधानी दुशान्वेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हिजो भएको खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित भएको थियो ।
खेलका विषयमा बोल्दै प्रशिक्षक महर्जनले बल होल्ड गर्न सफल भए पनि पर्याप्त तयारी र खेल अनुभवको कमी टोलीमा देखिएको बताए ।
विगतको तुलनामा सुधारिएको खेल खेले पनि समूहका बाँकी दुई प्रतिद्वन्द्वी नेपालभन्दा स्तरीय रहे पनि बल पोजिसन कायम राख्न सके राम्रो नतिजा आउने महर्जनको विश्वास छ ।
छनोट अन्तर्गत समुह बी मा नेपालसँगै ताजिकिस्तान, इरान र लेबनान छन् । नेपालले दोस्रो खेल आयोजक ताजिकिस्तानसँग बिहीबार र अन्तिम खेल लेबनानसँग आइतबार खेल्नेछ ।
छनोटमा सहभागी ४१ टोलीलाई ११ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहका शीर्ष टोली र उत्कृष्ट ५ उपविजेता गरि १६ टोलीले एसिया कपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया