आर्थिक
महिन्द्राको महिन्द्रा अटो रिक्सा नेपाली बजारमा (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक ९ गते १८:१५

९ कात्तिक २०७८ काठमाडौं । महिन्द्रा ग्रुप कम्पनीको इलेक्टिकल महिन्द्रा अटो रिक्सा बजारमा ल्याइएको छ ।
महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नी ग्रुपले काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरी ट्रियो नामक विद्युतीय अटो रिक्सा सार्वजनिक गरेको हो ।
डिजिटल प्रविधिको यो रिक्सा संचालनमा निकै सहज हुनुका साथै तुलनात्मक रुपमा सस्तो रहेको कम्पनीको दाबी छ ।
अत्याधुनिक उपकरण रहेको यो अटो रिक्सा ३ घण्टासम्म चार्ज गरेर संचालन गर्न सकिनेछ । नेपाली बजारमा यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया