खेलकूद

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ कार्तिक ९ गते ९:३८
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

९ कात्तिक, २०७८ दुबई । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तगर्त आज दुई खेल हुँदैछन् ।

सुपर १२ अन्तर्गत जारी खेल अन्तर्गत आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुनेछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ : ४५ मा हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेल पाकिस्तान र न्यूजिल्याण्डबीच हुनेछ । सारजहाँ क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ ।

यसअघि, हिजो भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गरेको छ । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

जितसँगै समूह २ मा रहेको अफगानिस्तान १ खेलमा २ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्