आर्थिक

देशको शोधानान्तर स्थिति८३ अर्ब ४१ करोड घाटामा

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १८:४८
देशको शोधानान्तर स्थिति८३ अर्ब ४१ करोड घाटामा

८ कात्तिक २०७८ काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा देशको शोधानान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा छ ।

नेपाल राष्ट्र बैंकले आज २ महिने समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै अन्य मुलुकसँगको मौद्रिक कारोबार ८३ अर्ब ४१ करोड घाटामा रहेको जनाएको हो ।

गत आर्थिक बर्षको यही अवधिमा शोधानान्तर स्थिती ६७ अर्ब ६३ करोडले बचतमा थियो । यो अवधिमा निर्यात १ सय १५ दशमलव ४ प्रतिशतले वृद्धि भइ ४४ अर्ब ४ करोड पुगेको छ ।

यस्तै आयात ७५ दशमलव ९ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिती ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ३७ करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

बार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *