बिहीबारदेखि काठमाडौंमा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता हुने (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७८ काठमाडौं । प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा हुने भएको छ ।
नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघले बिहीबारदेखि शनिबारसम्म बसन्तपुर डबलीमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा पुरुष तथा महिला खुल्लातर्फ प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, पुरुषतर्फ विभिन्न ८ तौल समूह र महिलातर्फ ४५ केजी मुनिको तौल समूहका खेलसमेत हुनेछ । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई दुई महिनापछि भारतमा हुने एसियन बुदोकैदो च्याम्पियनसिपका लागि छनोट गरिनेछ ।
प्रतियोगितामा सातवटै प्रदेशका महिला र पुरुष गरी २ सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
पुरुष तथा महिलाको खुल्लातर्फको विजेताले १–१ तोलाको स्वर्ण पदक र दोस्रो हुनेलाई ५–५ तोलाको रजत पदक प्रदान गरिनेछ ।
त्यस्तै अन्य तौल समूहका विजेताले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रोले एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया