खेलकूद

सहिद स्मारक ए डिभिजनः स्टार स्ट्राइकर विमल घर्तीमगरले मछिन्द्रबाट खेल्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १८:०३
सहिद स्मारक ए डिभिजनः स्टार स्ट्राइकर विमल घर्तीमगरले मछिन्द्रबाट खेल्ने  (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा स्टार स्ट्राइकर विमल घर्तीमगर साविक विजेता मछिन्द्र क्लबबाट खेल्ने भएका छन् ।

एक सिजनका लागि भएको सम्झौतामा क्लबका तर्फबाट उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले हस्ताक्षर गरेका हुन् । घुँडाको चोटको उपचारपछि झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल यसै लीगबाट मैदानमा फर्किँदैछन् । उपचारपछि गरिएको रिह्यावबाट आफू पहिले भन्दा फिट रहेको र लिगमा राम्रो प्रदर्शन गर्न सक्ने विमलको विश्वास छ ।

विमलको आगमनले उपाधि रक्षा गर्ने अभियान बलियो बनेको प्रशिक्षक प्रवेश कटुवालले बताए ।

एन्फाले लगाएको ९० दिनको प्रतिबन्ध पछि विमलले गत वर्ष पनि मछिन्द्रबाटै अन्तिम एक खेल खेलेका थिए । त्यस खेलमा आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

क्लबले यस सिजनका लागि राष्ट्रिय टोलीबाट उत्कृष्ट खेल्दै आएका मनिष डाँगी र सुनिल बललाई समेत अनुबन्ध गरिसकेको छ । ए डिभिजन लीग यही कार्तिक २९ गते शुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्