खेलकूद

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिन्छः मन्त्री गहतराज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १६:४९
खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिन्छः मन्त्री गहतराज  (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ ।

पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुलाई विदाई गर्दै मन्त्री गहतराजले खेलाडीको मनोबल बढाउन व्यवस्थापकीय पक्षमा ध्यान दिने बताउनुभयो । उहाँले शक्ति र साहसका साथ खेल्न खेलाडीलाई हौसला दिनुभयो ।

मन्त्री गहतराजले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको बताउनुभयो ।

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडी भोलि ढाका जाँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्