खेलकूद

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्डको विजयी शुरुवात

हिमालय टिभी
२०७८ कार्तिक ७ गते ८:०९
ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्डको विजयी शुरुवात

७ कात्तिक २०७८ दुबई । इंग्ल्याण्डले आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा विजयी शुरुआत गरेको छ ।

विश्वकप अन्तर्गत गएराति समूह एकमा साविक विजेता वेष्ट इण्डिजलाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

ट्वेन्टी–ट्वेन्टी विश्वकपमा वेष्ट इण्डिजमाथि इंग्ल्याण्डको यो पहिलो जित समेत हो । ५६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ८ दशमलव २ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि जोस बट्लरले अविजित २४ रन बनाए ।

त्यस्तै ज्यासन रोयले ११ रनमा जोड्दा कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे । वेष्ट इण्डिजका अकिल होसैनले २ विकेट लिए।

यसअघि दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज १४ दशमलव २ ओभरमा ५५ रनमा अलआउट भएको थियो । वेष्ट इण्डिजका लागि क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

वेष्ट इण्डिजको इनिङ ध्वस्त पार्न इंग्ल्याण्डका आदील राशिदले ४ विकेट लिए । राशिदले २ ओभर दुई बल फाल्दै मात्र २ रन दिएर ४ विकेट लिए । त्यस्तै मोइन अली र क्रिस ओक्सले समान २२ विकेट हात पारे । जितसँगै इंग्ल्याण्ड २ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

यही समूहको पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । आज बंगलादेश र श्रीलंका तथा चिरप्रतिद्बन्द्बी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्