अझै तंग्रिएन कोरोनाले थलिएको पर्यटन व्यवसाय, सरकार मुकदर्शक (भिडियो रिपोर्टसहित)
![अझै तंग्रिएन कोरोनाले थलिएको पर्यटन व्यवसाय, सरकार मुकदर्शक (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/10/tourist.jpg)
६ कात्तिक २०७८ काठमाडौं । विश्वभरी महामारीको रुपमा आएको कोभिड–नाइन्टिनले नेपालको पर्यटन क्षेत्र धरासायी नै बनायो । अन्य व्यावयायिक क्षेत्रले बिस्तारै गति लिँदै गर्दा पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथामिकता दिएको छैन । त्यसैले पर्यटकको आगमन बढ्न सकेको छैन । पर्यटन उद्योगलाई उकास्न सरकार नै जिम्मेवार नबनेको व्यवसायीको गुनासो छ ।
नेपालको अर्थतन्त्रको विकासको लागि पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान छ । देशको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको ३ प्रतिशत योगदान छ । व्यवसायीले त आफूहरुको योगदान ८ प्रतिशत नै रहेको दाबी गर्दै आएका छन् ।
पर्यटन क्षेत्र हजारौंको रोजगारीदेखि जिविकोपार्जन गर्ने माध्यमसमेत हो । तर कोरोना कहरपछि पर्यटन क्षेत्र डामाडोल बनेको छ । र पनि सरकारले पर्यटन व्यवसायलाई उच्च प्राथामिकता दिन सकेको छैन । त्यसैले व्यवसायीहरु चिन्तित छन् ।
कोरानो कम भएसँगै अन्य क्षेत्र चहलपहल हुँदै गर्दा पर्यटन क्षेत्र भने सरकारको प्राथमिकतामा नपरेको व्यवसायीको गुनासो छ ।
अहिले विश्वभरी नै कोरोनाको खोप लगाइरहेको अवस्था छ । नेपालमा पनि खोप लगाउनेको संख्या बढ्दो छ । तर सरकारले पर्यटनका लागि अझै पनि ठोस नीति ल्याउन नक्सदा पर्यटकहरु भित्रिन सकेका छैनन् ।
असामान्य अवस्थामा गुज्रिएको पर्यटन क्षेत्रलाई अझै पनि पूर्ण रुपमा खुल्ला गर्ने तर्फ सरकारको ध्यान जान नक्सक्दा पर्यटन व्यवसायीहरु निराश छन् ।
महामारीको पीडामा परेको पयर्टन क्षेत्र उकास्न सरकारले योजना नै बनाउन सकेको छैन । लामो समय मन्त्रीविहीन रहेको पर्यटन मन्त्रालयले बल्न मन्त्री पाउँदा समेत यस विषयमा चासो दिन सकिरहेको छैन। पर्यटन बोर्डसमेत बजेट अभावमा कार्ययोजना बनाउन सकिरहेको छैन ।
पर्यटकीय गतन्य भएको मुलुकहरुले धेरै पहिलादेखि नै पर्यटन आगमनका लागि सहज वातावरण बनाएर पर्यटनबाट राम्रो आम्दानी गरिरहेका छन् । तर नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ । जसले गर्दा यो क्षेत्रमा लाग्नेहरु निरुत्साहित भएका छन् ।
प्रतिक्रिया