समाज

घरघरमा पानी आएपछि स्थानीय दङ्ग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १८:०२
घरघरमा पानी आएपछि स्थानीय दङ्ग (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ धादिङ । स्थानीय तहको निर्वाचनपछि नागरिकको अपेक्षा बढेको छ । अपेक्षा अनुरुप काम हुँदा धादिङको नेत्रावती आसपासका स्थानीय बासिन्दा दङ्ग छन् । वस्ती नै छाड्न थालेका उनीहरु स्थानीय सरकारको अग्रसरतामा डिप बोरिङबाट घरघरमा पानी आएपछि दङ्ग परेका हुन् ।

डाँडामा पानीको श्रोत कतै नहुँदा एक गाग्री पानीका लागि घण्टौ खर्चिने धादिङको नेत्रावती डबजोङको कटुन्जेका बासिन्दा अहिले घर घरमा पानी आएपछि दङ्ग छन् ।

पानीको स्रोत रित्तिँदै गएको गाउँमा विभिन्न संघसंस्थाको सहयोगबाट गाउँपालिकाले डिप बोरिङ गरी जमिनभित्रको पानी तानेर घर घरमा पुर्‍याइदिएपछि स्थानीय बासिन्दाको दैनिकि फेरिएको छ । अनि पानीको अभावमा गाउँ छाडेकाहरु समेत गाउँतिर आकर्षित भएका छन ।

पानीको निकै समस्या भएकाले पानी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले एक घर एक धाराको नीति लिएको छ ।

श्रोत भएको स्थानमा पाइप लाइनबाट र पानीको श्रोत नभएको स्थानमा लिफ्ट खानेपानी योजना र डिप बोरिङबाट पानीको व्यवस्थापन गरिएको छ । घरघरमा पानीलाई विकासको आधार मानेर काम गरिएको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाले विभिन्न संघ संस्थाको सहयोगमा कटुन्जे, ताङ्जोमाने, सेल्ले भोक्टेनी लगायतका २९ सय ८० घरधुरीमा एक घर एक धारा पुर्‍याएको छ ।

यसले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई सहज त बनाएकै छ स्थानीय सरकारले जनताको समस्या पहिचान गर्न सक्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *