खेलकूद

विश्वकप क्रिकेटमा आयरल्याण्ड नामिवियासँग ८ विकेटले पराजित

हिमालय टिभी
२०७८ कार्तिक ६ गते ७:५०
विश्वकप क्रिकेटमा आयरल्याण्ड नामिवियासँग ८ विकेटले पराजित

६ कात्तिक २०७८ युएई । नामिविया पहिलो पटक आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको अन्तिम चरणमा स्थान बनाउन सफल भएको छ ।

आयरल्याण्डलाई ८ विकेटले हराउँदै नामिविया समूह एबाट सुपर टुवेल्भमा प्रवेश गरेको हो । युएईको सारजाहमा भएको खेलमा आयरल्याण्डले दिएको एक सय २६ रनको लक्ष्य १८ ओभर तीन बलमा दुई विकेट गुमाएर पूरा गरेपछि नामिवियाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

नामिवियालाई जित दिलाउनका लागि जेरार्ड इरास्मसले नटआउट ५३ रनको योगदान दिए । यस्तै डेविड विसेले पनि नटआउट २८ रन बनाए । टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले खराब प्रदर्शन ग-यो ।

पाउल स्टर्लिङ र केभिन ओब्राइनले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरेपनि अन्य खेलाडीको ब्याट राम्रो चल्न सकेन । व्यक्तिगत तर्फ स्टर्लिङले ३८, ओब्राइनले २५ र एन्डी बालब्रिनले २१ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

आयरल्याण्डलाई कम स्कोरमा रोक्नका लागि जान फ्राइलिंकले तीन विकेट लिए भने डेविड विसेले दुई विकेट हात पारे । यसै समूहबाट श्रीलंका पनि सुपर टुवेल्भमा पुग्न सफल भएको छ ।

श्रीलंकाले नेदरल्याण्डलाई आठ विकेटले हरायो । पहिला ब्याटिङ गरेको नेदरल्याण्डलाई ४४ रनमा अलआउट गरेको श्रीलंकाले सात ओभर एक बलमा दुई विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । श्रीलंकाको जितमा कुशल परेराले ३३ रन बनाए ।

समूह बीबाट स्टकल्याण्ड र बंगलादेश सुपर टुवेल्भमा प्रवेश गरे । सुपर टुवेल्भका खेलहरु आजबाट सुरु हुँदैछन् । आज अष्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्याण्ड र वेस्ट इण्डिज प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्