विदेश

कोरोनाका कारण १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको डब्लुएचओको अनुमान

हिमालय टिभी
२०७८ कार्तिक ५ गते ९:०१
कोरोनाका कारण १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको डब्लुएचओको अनुमान

५ कात्तिक २०७८ न्युयोर्क । विश्व स्वास्थ्य संगठनले कोभिड नाइन्टिनका कारण १ लाख ८० हजारसम्म स्वास्थ्यकर्मीको मृृत्यु भएको हुन सक्ने आंकलन गरेको छ ।

स्वास्थ्यकर्मीहरुलाई कोभिडले गंभिर असर पारेको भन्दै डब्लुएचओले ८० हजार देखि १ लाख ८० हजारसम्म उनीहरुको मृत्यु भएको हुन सक्ने जनाएको हो ।

यो संख्या सन् २०२० को जनवरी देखि २०२१ को मे महिनाको बीचको रहेको अनुमान छ। विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । १ सय १९ देशको तथ्यांक हेदा पांचमा दुई जना स्वास्थ्यकर्मीले मात्र खोप लगाएको डब्लुएचओले जनाएको छ ।

अफ्रिकी मुलुकमा यो अनुपात १० मा १ छ । विकसित मुलुकमा भने यो अनुपात १० जना स्वास्थ्यकर्मीमा ८ जना रहेको छ । अफ्रिकमा ५ प्रतिशत भन्दा कम जनसंख्याले मात्र खोप लगाएका छन् ।

अरु महादेशमा यो संख्या ४० प्रतिशत माथि छ । डब्लुएचओका प्रमुख डा टेड्रोस अधानोम घेब्रियेससले स्वास्थकर्मीहरुलाई खोपमा प्राथमिकता दिनु पर्नेमा जोड दिंदै खोपको असमान वितरणको आलोचना गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *