खेलकूद

२३ वर्ष मुनिको नेपाली फूटबल टोलीले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

हिमालय टिभी
२०७८ कार्तिक ५ गते ८:५७
२३ वर्ष मुनिको नेपाली फूटबल टोलीले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

५ कात्तिक २०७८ काठमाडौं । तेइस वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीले आज इण्डोनेसियाको अण्डर–ट्वेन्टी थ्री टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

अण्डर–ट्वेन्टी थ्री एसियन कप छनोटको तयारीका लागि नेपालले इण्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालसँगै समूह बी मा ताजकिस्तान, लेबनान र इरान रहेका छन् ।

छनोट खेल यही कात्तिक ६ देखि १४ गतेसम्म हुनेछन् । समूह चरणको पहिलो खेलमा नेपालले कात्तिक ८ गते इरानसँग खेल्नेछ ।

यस्तै दोस्रो खेलमा ताजकिस्तानसँग कात्तिक ११ र अन्तिम खेल लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ। छनोट अन्तर्गत ११ समूहको शीर्ष टोलीले एएफसी अण्डर(ट्वेन्टी थ्री एसियन कप खेल्ने छन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्ष मुनिको एसियन कपमा छानिने छन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्