खेलकूद

स्कटल्याण्ड विश्वकप क्रिकेटको सुपर टुवेल्भमा प्रवेश

हिमालय टिभी
२०७८ कार्तिक ५ गते ८:४८
स्कटल्याण्ड विश्वकप क्रिकेटको सुपर टुवेल्भमा प्रवेश

५ कात्तिक २०७८ काठमाडौं । स्कटल्याण्ड आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सुपर टुवेल्भमा प्रवेश गरेको छ ।

पहिलो चरण अन्तर्गत समूह बी मा घरेलु टोली ओमानमाथि ८ विकेटको जितसहित स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर टुवेल्भमा प्रवेश गरेको हो । १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले ३ ओभर अगावै मात्र २ विकेट गुमाएर भेट्टाएको थियो ।

स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ तथा जर्ज मुन्सेले २० रन । त्यस्तै रिची बेरिङटन ३७ र म्याथ्यु क्रस २६ रनमा अविजित रहे । ओमानका फायज बुट् र खावर अलीले १–१ विकेट लिए ।

यस अघि ओमानको अल अमेरत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । उसका लागि अकिब इल्यासले ३७, कप्तान जिशन मक्सुदले ३४ तथा मोहम्मद नदीमले २५ रन बनाए ।

बलिङमा स्कटल्याण्डका जोस डाभीले ३ तथा साफ्यान शारिफ र माइकल लीस्कले २२ विकेट लिए । जितसँगै स्कटल्याण्डले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा पुग्यो । यसअघि यही समूहबाटै बंगलादेश पनि सुपर टुवेल्भमा पुगिसकेको थियो ।

यस समूहबाट ओमान र पपुवा न्युगिनी बाहिरिएका छन् । आज समूह ए का खेलमा आयरल्याण्ड र नामिबिया तथा नेदरल्याण्ड्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्