कला/मनोरञ्जन

सञ्चारकर्मी थापाको ‘तिमी मेरै थियौ र भेटियौ नि’ भिडियो रिलिज

हिमालय टिभी
२०७८ कार्तिक ४ गते ८:४१
सञ्चारकर्मी थापाको ‘तिमी मेरै थियौ र भेटियौ नि’ भिडियो रिलिज

काठमाडौं । चर्चित संञ्चारकर्मी शारदा थापाको शब्द तथा स्वरमा बुद्ध सायमीको संगीत रहेको गीत ‘तिमी मेरै थियौ र भेटियौ नी’ को म्युजिक भिडियोे सार्वजनिक भएको छ ।

भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन भने वीरेन्द्र भट्टको सिनेम्याटोग्राफीमा अविनाश डिसीले सम्पादन गरेका छन् ।

प्रेम भावमा डुबेको गीत तिमी मेरै थियौ र भेटियौ नी गीतको म्युजिक भिडियो नगरकोटमा छांयाकन गरिएको छ । म्युजिक भिडियोमा स्वयंम शारदा थापा र प्रिन्स सिङले अभिनय गरेका छन् ।

गायिका शारदा थापा चर्चित रेडियो तथा टेलिभिजनकर्मी हुन् । उनले सञ्चालन गर्ने समसामयिक, राजनीतिक अन्तर्वार्ता,तथा मनोरञ्जनात्मक कार्यक्रमहरु लोकप्रिय छन् ।

कला र साहित्यमा सानैदेखि रुची भएकाले आफ्नो सिर्जना आम दर्शक तथा स्रोताका लागि बजारमा ल्याएको थापाले बताइन् । निरन्तर समयअनुकुल आफ्ना सिर्जनाहरु दर्शक तथा स्रोताका लागि ल्याइरहने थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *