खेलकूद

ट्वेन्टी-ट्वेन्टी महिला विश्वकपको एसिया छनोटका लागि प्रशिक्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते २०:२६
ट्वेन्टी-ट्वेन्टी महिला विश्वकपको एसिया छनोटका लागि  प्रशिक्षण (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकपको एसिया छनोटका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गरेको छ । अर्को महिना युएईमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षण गराएका हुन् ।

एसियाका ८ टोलीको सहभागिता रहने छनोटमा बलियो टोलीका रुपमा लिइएको नेपाल ग्लोबल छनोटमा स्थान बनाउने तयारीका साथ तयारीमा जुटेको छ ।

आगामी महिना संयुक्त अरब इमिरेट्स युएईमा हुने महिला ट्वेन्टीट्वेन्टी विश्वकपको एसिया छनोटका लागि नेपाली टोलीले त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ ।

रुबिना क्षेत्री कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएका २४ खेलाडी प्रशिक्षणमा छन् । बन्द प्रशिक्षण अन्त गर्ने तयारी गरे पनि क्यानले अन्तिम समयमा काठमाडौंमानै क्याम्प राखेको हो । फिटनेशलाई ध्यानमा राखेको नेपालले यस पटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रशिक्षण शुरु गरेको छ ।

घरेलु प्रतियोगितामा पुरुष टोलीको तुलनामा महिलाका खेलहरु कमै मात्र हुने गरेकाले खेलाडीमा अनुभवको कमी छ । तर खेलाडीहरु व्यक्तिगत रुपमै पनि फिटनेश लगायतको प्रशिक्षणमा रहेकाले छोटो समयका बीच पनि तयारी राम्रो हुने विश्वास छ ।

अनुभवी कप्तान रुबिनाको कप्तानीमा रहेको टोलीमा युवाको पनि बाक्लो उपस्थिति छ । यस पटक टोलीमा बेग्लै जोश जाँगर देखिएको र सुखद नतिजाका लागि आँतुर रहेको खेलाडीहरु बताउँछन् ।

महिला क्रिकेटको एसियाली क्षेत्रमा नेपाल बलियो टोलीका रुपमा लिइन्छ । त्यसैलेपनि नेपाली टोली राम्रो प्रदर्शन गर्दै अघिल्लो चरण पुग्नेमा आशावादी देखिएका छन् ।

छनोट प्रतियोगिता अगाडी क्यानले केही मैत्रीपूर्ण खेल खेलाउने तयारीसमेत गरेको छ । जसले नेपाली टोलीको तयारीमा थप सहयोग पुर्‍याउने छ । छनोटमा नेपालसहित भुटान, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुनेछन् ।

अन्तिम समयमा चीनले सहभागिता नजनाउने भएको छ । पाँचवटै महादेशबाट छनोट भएका शीर्ष एकएक टोली ग्लोबल पुग्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोली २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्