आर्थिक

दशैंमा बिकेन खसीबोका र च्याङग्रा, व्यवसायीलाई यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २ गते ७:०७
दशैंमा बिकेन खसीबोका र च्याङग्रा, व्यवसायीलाई यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । गत वर्षभन्दा कम यो दशैंमा कम खसीबोका र च्याङग्रा ल्याइए पनि बिक्री नभएपछि व्यसायीहरु चिन्तित छन् । राख्ने ठाउँको अभाव र पाल्ने खर्चका कारण पनि उनीहरु बाँकी खसीबोका सस्तो मूल्यमा नै बेच्न बाध्य भएका छन् । सस्तो मूल्यमा खसी पाइएपछि दशैं सकिनै लाग्दा खसी बजारमा भने किन्नेहरुको भीड देखिएको छ ।

गत वर्ष सबै खसी बोका विक्री गरेर आफ्ना लागि खसीसमेत नपाएका खसी व्यवसायी हेमप्रसाद पोखरेल यो वर्ष खसी विक्री नहुँदा चिन्तित हुनुहुन्छ । दशैंका लागि भनेर यो वर्ष मकवानपुर, धादिङ, उदयपुर, सुर्खेत, ओखलढुंगालगायतका जिल्ला र भारतबाट समेत गरेर ५० हजारभन्दा बढी खसी ल्याइएको थियो ।

तर काठमाडौं भित्रिएका आधाजति मात्र खसी बोका बिकेपछि बाँकी खसी व्यवस्थापन व्यवसायीका लागि चुनौतिपूर्ण बनेको छ । बाँकी रहेका खसीबोका घाटा खाएरै बेच्ने सुरमा छन् ब्यबसायीहरु ।

यता दशैंअघि खसी किन्न नपाएका कतिपयचाहिँ दशैं सकिन लाग्दा खसी किन्न पुगेका छन् । दशैं अघिको मूल्य भन्दा सस्तोमा पाएको उनीहरुको अनुभव छ ।

यस वर्ष उपत्यकाबाट औसतभन्दा धेरै मानिस बाहिरिएका कारण पनि खसी बोकाको खपत कम भएको व्यवसायीको अनुमान छ।

गत वर्ष कोरोना भाइरसको जोखिम र लकडाउनका कारण उपत्यका छाड्न नपाएकाहरु यो वर्ष पुर्ख्यौली थलो पुगे । दशैंको पूर्वसन्ध्यामै स्थितिको आंकलन गरेरै यो वर्ष खसी, बोका,च्याङग्रा पनि कम ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *