खेलकूद

विश्वकप क्रिकेटमा आयरल्याण्डको शानदार शुरुवात

हिमालय टिभी
२०७८ कार्तिक १ गते १९:३२
विश्वकप क्रिकेटमा आयरल्याण्डको शानदार शुरुवात

१ कात्तिक २०७८ युएई । अलराउण्डर कुर्टिस क्यामफर ४ बलमा लगातार ४ विकेट लिँदै कीर्तिमानी प्रदर्शन गर्दा आयरल्याण्डले आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा शान्दार शुरुवात गरेको छ ।

जायद क्रिकेट स्टेडियममा आज भएको पहिलो खेलमा नेदरल्याण्डविरुद्ध ७ विकेटको जित हात पार्ने क्रममा कुर्टिसले १० औं ओभरमा अविश्वसनीय स्पेल गरे ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले पुरै २० ओभर खेल्दै सबै विकेट गुमाएर मात्र १ सय ६ रन बनायो । सुस्त सुरुवात गरेको नेदरल्याण्ड २२ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

तर १० औं ओभरमा बलिङमा आएका कुर्टिसले दोस्रो बलदेखि लगातार ४ विकेट लिएपछि नेदरल्याण्डको ब्याटिङ धर्मराएको थियो ।

यसअघि, अन्तराष्ट्रिय क्रिकेटमा श्रीलंकाका लासिथ मालिङ्गा र अफगानिस्तानका रासिद खानले पनि ४ बलमा ४ विकेट लिएका छन् ।

तर विश्वकपमा भने यो सफलता पाउने कुर्टिस पहिलो खेलाडी बनेका छन् । १ सय ७ रनको सामान्य लक्ष्य आयरल्याण्डले १५ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्