राखेप सदस्य सचिव सिलवाल बर्खास्त
१ कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाल बर्खास्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेप सदस्य सचिवबाट बर्खास्त गर्ने निर्णय गरेको हो । नेपाली खेलकुदको विकासमा सिलवालको कामबाट सरकार सन्तुष्ट नरहेको भन्दै उनलाई बर्खास्त गरिएको बताइएको छ ।
मन्त्रालय र राखेपबीच समन्वयकारी भूमिका निभाउन नसकेको भन्दै सिलवाललाई स्पष्टिकरण मागिएको र उनले सन्तोषजनक जवाफ नदिएको मन्त्रालयको दाबी छ । अब राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्ने मन्त्रिपरिषद्को तयारी छ ।
अघिल्लो चोटी पनि झण्डै ३ वर्ष पदावधि बाँकी रहँदै उनी पदमुक्त भएका थिए । तर पदमुक्त भएको झन्डै तीन सातापछि उनी सदस्य सचिवमा पुनः नियुक्त भएका थिए ।
नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए ।
प्रतिक्रिया