आर्थिक

पाल्पामा दूधको खपत बढाउन ‘छुर्पी खाऔं, सुर्ती हटाऔं’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते १६:२५
पाल्पामा दूधको खपत बढाउन ‘छुर्पी खाऔं, सुर्ती हटाऔं’ (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ पाल्पा । गाउँघरमा उत्पादन भएको दूधको सहज खपतका लागि पाल्पामा छुर्पी उत्पादन हुन थालेको छ। ‘छुर्पी खाउँ, सुर्ती हटाउँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गरेको छ ।

पाल्पामा केही वर्ष अघिसम्म दुध खपत नभएर किसानले हैरानी खेप्दै आएका थिए । तर छुर्पी उत्पादन गर्ने सीप सिकेपछि किसानले उत्पादन गरेको सबै दूध खपत त हुन्छ नै आम्दानी पनि हुन थालेको छ ।

दूधलाई प्रशोधन गरी छुर्पी उत्पादन हुन्छ । यहाँबाट दैनिक ५५ हजार बराबरको छुर्पी जिल्ला बाहिर निर्यात हुन्छ । उपभोक्तालाई चाहिने दूध, दही र पनिरबाट बाँकी रहेको दूधको छुर्पी उत्पादन गरिन्छ ।

जिल्लामा खुलेका छुर्पी उद्योगले धेरैका लागि रोजगारीको अवसर पनि सिर्जना गर्ने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाले पनि आफ्नै गाउँठाउँमा रोजगारी पाएपछि दंग छन् ।

पाल्पामा भैँसीको दूधको माग उच्च छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा नीजि डेरीबाट छुर्पी उत्पादन हुँदै आएको छ । पाल्पामा वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुन्छ । पाल्पामा उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै विदेश निर्यात हुन्छ ।

गाईको दूध प्रशोधन गरी विभिन्न परिकार उत्पादन हुन्छ । दूधको नयाँनयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *