खेलकूद

एसिया कप फुटबल खेल्न ताजकिस्तान जाने नेपाली टोलीको यस्तो छ तयारी (भिडियो रिपोर्टसहित

हिमालय टिभी
२०७८ कार्तिक १ गते १६:०४
एसिया कप फुटबल खेल्न ताजकिस्तान जाने नेपाली टोलीको यस्तो छ तयारी (भिडियो रिपोर्टसहित

१ कात्तिक २०७८ काठमाडौं । २३ वर्षमुनिको एशिया कप फुटबल छनोटका लागि नेपाली टिमले आज दशरथ रंगशालामा अन्तिम अभ्यास गरेको छ ।

छनोट प्रतियोगिताका लागि भोलि ताजकिस्तान प्रस्थान गर्ने नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।

उज्वेकिस्तानमा सन २०२२ मा आयोजना हुने छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् ।

फिफा वरियतामा नेपालभन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दैछ । टोलीमा अहिले अनुभवी युवा खेलाडीको बाहुल्यता छ । केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन् । प्रशिक्षक बाल गोपाल महर्जनले छोटो तयारीका बापजुत पनि बलिया टिमविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताए ।

छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान समावेश छन । ताजकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गदा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन । उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्