खेलकूद

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ असोज ३१ गते ९:४३
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि शुरु हुँदै

३१ असोज २०७८ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ ।

विश्वकपको पहिलो दिन आज पहिलो चरणअन्तर्गतका दुई खेल हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीचको खेल दिउँसो पौने ४ बजे हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच बेलुकी पौने ८ बजे प्रतिस्पर्धा हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्