समाज

सस्तो र रोजगारी सुनिश्चित हुने भएपछि प्राविधिक शिक्षामा पाल्पाली छात्राको आकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३० गते २०:५५
सस्तो र रोजगारी सुनिश्चित हुने भएपछि प्राविधिक शिक्षामा पाल्पाली छात्राको आकर्षण (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ पाल्पा । पाल्पामा अटोमोवाइल सम्बन्धी सीपमूलक शिक्षाप्रति छात्राको आकर्षण बढेको छ । प्रि–डिप्लोमा अध्ययनपछि सहज रुपमा रोजगारी पाउने अपेक्षामा छात्रा अटोमोबाइल शिक्षाप्रति आकर्षित भएका हुन् ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयले २०७६ सालमा प्रि–डिप्लोमा अटोमोवाइल सञ्चालनमा ल्याउँदा छात्राको भर्ना शुन्य थियो ।

१८ महिने अटोमोवाइल तालिमका लागि ४० हजार शिक्षण शुल्क भुक्तानी गर्नुपर्नेछ । अटोमोवाइल कोर्षमा छात्राको सहभागिता बढाउन, भर्ना बाहेकका शिक्षण शुल्क पूर्ण निःशूल्क गरेपछि छात्राको संख्या बढेको हो ।

स्थानीयस्तरमा रोजगारीको सम्भावना रहेकाले अटोमोवाइलसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

शैक्षिक बेरोजगारीको समस्या बढ्दो छ । शैक्षिक बेरोजगारीको समस्या स्थानीय तहबाट हल गर्न सीपमूलक व्यावसायिक तालिम आवश्यक छ । तालिमबाट दक्ष जनशक्ति उत्पादन हुन थालेको छ ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी टिकाउन ग्राहो छ । प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयलाई भौतिक संरचना अभाव छ । गाउँपालिकाले भौतिक संरचना निर्माणमा सहयोग गरेपछि प्राविधिक शिक्षा सञ्चालनमा ल्याइएको हो ।

तिलोत्तमा माविले जस्तै अन्य विद्यालयले पनि छात्रा, विपन्न समुदाय, जेहेन्दार विद्यार्थीलाई निशुल्क पठनपाठनको व्यबस्था भए रोजगारीका लागि सहज हुने थियो । यसले शैक्षिक बेरोजगार उत्पादन हुने क्रमलाई घटाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *