खेलकूद

साफ च्याम्पियनसिपमा नेपाली मुख्य प्रशिक्षकलाई किन लगायो प्रतिबन्ध ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३० गते १५:५७
साफ च्याम्पियनसिपमा नेपाली मुख्य प्रशिक्षकलाई किन लगायो प्रतिबन्ध ? (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफले आफ्नै नियम मिचेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज हुने साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन् ।

प्रतियोगिताको लीगका दुई फरक खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको छ । उनले श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेँलो कार्ड पाएका थिए ।

तर प्रतियोगिताको नियमावलीमा दुई फरक खेलमा पहेँलो कार्ड पाएमा खेलाडीले मात्र अर्को खेल गुमाउने उल्लेख छ । साफले नियतवशनै आफु माथि प्रतिबन्ध लगाएको भन्दै न्यायका लागि फिफा र एएफसीसम्म जाने मुख्य प्रशिक्षक अलमुताईरीले बताएका छन् ।

एएफसीको नियमावली अनुसार एउटै प्रतियोगिताको फरकफरक खेलमा पहेँलो कार्ड पाएमा अर्को खेल गुमाउनु पर्ने हुन्छ । तर प्रतियोगिताको छुट्टै नियमावली भएको खण्डमा त्यही नियमका आधारमै प्रतियोगिता संचालन हुने उल्लेख छ । साफले आफुमाथि लगाएको प्रतिबन्ध व्यक्ति विशेषलाई मात्र नभई समग्र नेपाली फुटबलकै अपमान गरेको मुख्य प्रशिक्षकको ठम्याई छ ।

यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफलाई पत्राचार गर्दै प्रतिबन्धको निर्णय सच्याउन माग गरेको छ । यस विषयमा आजै आयोजक र नेपाली पक्षबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्