आर्थिक

चाडपर्वमा आम्दानीभन्दा खर्च बढी, कसरी गर्ने बचत ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३० गते १५:४८
चाडपर्वमा आम्दानीभन्दा खर्च बढी, कसरी गर्ने बचत ? (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । चाडपर्वमा आम्दानीभन्दा खर्च बढी हुने हुँदा, चाडपर्वपछि आर्थिक रुपमा समस्या झल्नुपर्ने समस्या आम नेपालीले बर्षेनि झेल्दै आएका छन् । खर्च कम गर्ने बानी बेलैमा बसाल्ने हो भने समस्या नआउने पक्का छ ।

भनिन्छ मानिसको नियमित आम्दानी कति छ भन्दा पनि उसले कति जोगाउँछ भन्ने कुराले उसको कमाइ देखाउँछ । हुन त पैसा सबै थोक होइन, तर आधारभूत आवश्यक्ता पुर्तिदेखि विलासिताका सामग्री खरिद गर्नसम्म पैसा नभई हुँदैन । त्यसैले पैसा जोगाउन भने जान्नुपर्छ ।

पैसा जोगाउने बानीको विकास नभएकाले पनि समस्या निम्तने गरेको छ । नेपालजस्तो सामाजिक सुरक्षाको सुनिश्चितता नभएको देशमा पैसा जोगाउने बानी बाल्यकालदेखि नै सिकाइराख्नुपर्ने अर्थविद्को सुझाव छ ।

विशेषगरी दशैंमा मान्यजनले टीका जमरासँगै आशिर्वाद स्वरुप दक्षिणा दिने चलन छ । यो समयमा आफूले पाएको थोरै होस् वा धेरै दक्षिणा, जोगाएर आवश्यक पर्दा खर्च गर्न सकिन्छ ।

भनिन्छ, घाँटी हेरेर हाड निल्नुपर्छ । खर्च गर्ने सवालमा पनि यो उखानलाई आत्मसात गरे जीवन सहज हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *