खेलकूद

चेन्नईले जित्यो आईपीएलको उपाधि, कोलकाता २७ रनले पराजित

हिमालय टिभी
२०७८ असोज ३० गते ९:११
चेन्नईले जित्यो आईपीएलको उपाधि, कोलकाता २७ रनले पराजित

३० असोज २०७८ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।

दुबईमा राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्