विदेश
कात्तिक २२ गतेदेखि ३३ देशका नागरिकलाई सबै सीमा खुला गर्ने अमेरिकाको घोषणा
२०७८ असोज ३० गते ९:०७
३० असोज २०७८ न्युयोर्क । अमेरिकाले नोभेम्बर ८ अर्थात कात्तिक २२ गतेदेखि ३३ देशका नागरिकलाई सबै सीमा खुला गर्ने घोषणा गरेको छ ।
कोरोना खोपको पूर्ण मात्रा लगाएकाहरुलाई मात्र सीमा खुला गरिने अमेरिकाले जनाएको छ । ह्वाइट हाउसले नयाँ नियम सार्वजनिक गर्दै कोरोनाको दुवै खोप लगाएका र यात्रा गर्नुभन्दा ७२ घण्टाअघिको कोरोना नेगेटिभ रिपोर्ट ल्याउने सबैलाई देशमा प्रवेश दिने जनाएको हो ।
अहिलेको नियमले चीन, भारत, दक्षिण अफ्रिका, इरान, ब्राजिल र केही युरोपेली राष्ट्रबाट आउने गैरअमेरिकीलाई भने अमेरिकामा प्रवेशमा रोक लगाउने छ ।
ती देश छोडेको १४ दिनपछि मात्र गैरअमेरिकीले अमेरिका प्रवेश गर्न पाउने छन् । कोरोना महामारीका कारण अमेरिकाले लामो समयदेखि आफ्ना अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो ।
प्रतिक्रिया