खेलकूद

साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

हिमालय टिभी
२०७८ असोज ३० गते ८:२६
साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

३० असोज २०७८ काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी तथा उपाधिको बलियो दाबेदार भारतसँग खेल्दैछ ।

साफको फाइनलमा यी दुई टिम पहिलो पटक भिड्न लागेका हुन् । आज नेपाली फुटबलका लागि सबैभन्दा प्रतिक्षाको दिन हुनेछ । साविक उपविजेतासमेत रहेको भारतले फाइनलमा पुग्दा सात पटक उपाधि जितेको छ भने चार पटक हार्नुपरेको छ ।

सुरुवाती दुई खेल बराबरी खेलेपछि उसले त्यसपछिका दुई खेलमा जित निकाल्न सफल भयो । जारी प्रतियोगितामा भारत अपराजित टिम हो ।

यता नेपालले यो संस्करणको पहिलो खेलमा माल्दिभ्सलाई एक शुन्यले र दोस्रो खेलमा श्रीलंकालाई तीन दुईले हराउँदै कडा प्रस्तुती जनाएको थियो । नेपाल र भारत ३६ वर्षदेखि एक अर्काका प्रतिद्वन्द्वी हुन् ।

जसमा यी दुई टिम २० पटक खेलेका छन । तर त्यसमा नेपालले तीन खेल मात्र आफ्नो पक्षमा पार्न सकेको छ । यो संस्करणको साफ च्याम्पियनसिपमा नै नेपाल र भारत दोस्रो पटक खेल्न लागेका हुन । लीग चरणको खेलमा नेपाल एक शुन्यले पराजित भएको थियो । नेपाललाई त्यो हारको बदला लिनुका साथै नयाँ इतिहास बनाउने सुनौलो अवसर रहेको छ ।

प्रि–म्याच कन्फ्रेन्समा नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती पेस गर्ने बताएका छन् । नेपाली टिमका कप्तान किरण चेम्जोङले फाइनलमा नेपालले गोर्खाली पाराले खेल्ने बताए ।

फाइनल खेलमा नेपालका अन्जन विष्टले खेल्न पाउने छैनन् । लीग चरणमा दुई वटा पहेलो कार्ड खाएका उनले फाइनल खेल्न नपाउने भएका हुन् । उनले जारी प्रतियोगितामा दुई गोल गरेका छन ।

यता भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचसँग अरु दुई खेलाडी हुने छैनन् । साफको उपाधि जित्ने वर्षोदेखिको सपना पूरा गर्न नेपाललाई मात्र एक जितको आवश्यकता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्