खेलकूद

आईपीएलको उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

हिमालय टिभी
२०७८ असोज २९ गते १०:४८
आईपीएलको उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

२९ असोज २०७८ काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे युएईमा शुरु हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा छ । चेन्नई र कोलकाताबीच भएको पछिल्लो पाँच खेलमा चेन्नईले ४ मा जित निकाल्दा कोलकाताले एकमा मात्र जित निकालेको छ ।

आजको खेलमा चार पटकको हारको बदला लिने कोलकाताको योजना छ भने आफ्नो जितको श्रृङ्खलालाई निरन्तरता दिने चेन्नईले तयारी गरेको छ । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्