खेलकूद
आईपीएलको उपाधिका लागि कोलकाता र चेन्नई भिड्ने
२०७८ असोज २८ गते ९:२५
२८ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स खेल्ने भएका छन् ।
सारजाहमा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।
दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग-यो ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । फाइनल खेल भोलि दुबईमा हुनेछ ।
प्रतिक्रिया