समाज

स्थापना भएको चार वर्षसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएन जग्गा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते ७:४४
स्थापना भएको चार वर्षसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएन जग्गा (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ दाङ । स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा अध्यापन गराउने उद्देश्यले २०७४ सालमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको थियो । स्थापना भएको वर्षबाटै अध्यापन गराउनुपर्ने प्रतिष्ठानले अहिले सम्म पनि गराउन सकेको छैन । कतिसम्म भने कमजोर व्यवस्थापनका कारण आवश्यक जग्गा समेत प्राप्ती गर्न सकेको छैन ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापित गरी हस्तान्तरण गरियो । यसको उद्देश्य थियो, स्वास्थ्य क्षेत्रका विभिन्न विषयहरुमा अध्यापन गराउने, विशेषज्ञ सेवा प्रदान गर्ने । तर वितेका ४ वर्षमा अध्यापन सम्वन्धी कुनै पनि काम भएका छैनन् । आफुलाई चाहिने जग्गा समेत प्रतिष्ठानले अहिले सम्म प्रबन्ध गर्न सकेको छैन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिइने सेवा गुणस्तरीय नभएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । निजी अस्पतालमा जस्तै महंगो सेवाशुल्क प्रतिष्ठानले लिदैँ आएको छ । गुणस्तरीय सेवा अभावमा विरामी भने निजी अस्पतालमा जाने गरेका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरु भने आवश्यक बजेटको अभावमा काम आगाडि बढ्न नसकेको दाबी गर्छन् । चालु आर्थिक बर्षबाटै बीएससी नर्सिङको पढाइ सञ्चालन गर्ने तयारी रहेको प्रतिष्ठानको भनाइ छ ।

बीएस्सी एमएलटी, बीफर्मा लगायतका शिक्षण पनि छिट्टै हुने प्रतिष्ठानको दावी छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाको काम कारवाही अगाडि बढाउनका लागि ४ वर्षअघि नै आवश्यक ऐन संसदबाट पारित भइसकेको थियो । तर काम भने केहीपनि भएको छैन् ।

कोरोना भाइरसका कारण काम हुन नसकेको प्रतिष्ठानको भनाई छ । यता आम सर्वसाधरण नागरिकले भने प्रतिष्ठानमा रहेका पदाधिकारीको अक्षमताको कारण काम हुननसकेकोे गुनासो गर्दै आएका छन् ।

नारायण नेपाल२८ असोज २०७८ दाङ । स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा अध्यापन गराउने उद्देश्यले २०७४ सालमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको थियो । स्थापना भएको वर्षबाटै अध्यापन गराउनुपर्ने प्रतिष्ठानले अहिले सम्म पनि गराउन सकेको छैन । कतिसम्म भने कमजोर व्यवस्थापनका कारण आवश्यक जग्गा समेत प्राप्ती गर्न सकेको छैन ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापित गरी हस्तान्तरण गरियो । यसको उद्देश्य थियो, स्वास्थ्य क्षेत्रका विभिन्न विषयहरुमा अध्यापन गराउने, विशेषज्ञ सेवा प्रदान गर्ने । तर वितेका ४ वर्षमा अध्यापन सम्वन्धी कुनै पनि काम भएका छैनन् । आफुलाई चाहिने जग्गा समेत प्रतिष्ठानले अहिले सम्म प्रबन्ध गर्न सकेको छैन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिइने सेवा गुणस्तरीय नभएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । निजी अस्पतालमा जस्तै महंगो सेवाशुल्क प्रतिष्ठानले लिदैँ आएको छ । गुणस्तरीय सेवा अभावमा विरामी भने निजी अस्पतालमा जाने गरेका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरु भने आवश्यक बजेटको अभावमा काम आगाडि बढ्न नसकेको दाबी गर्छन् । चालु आर्थिक बर्षबाटै बीएससी नर्सिङको पढाइ सञ्चालन गर्ने तयारी रहेको प्रतिष्ठानको भनाइ छ ।

बीएस्सी एमएलटी, बीफर्मा लगायतका शिक्षण पनि छिट्टै हुने प्रतिष्ठानको दावी छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाको काम कारवाही अगाडि बढाउनका लागि ४ वर्षअघि नै आवश्यक ऐन संसदबाट पारित भइसकेको थियो । तर काम भने केहीपनि भएको छैन् ।

कोरोना भाइरसका कारण काम हुन नसकेको प्रतिष्ठानको भनाई छ । यता आम सर्वसाधरण नागरिकले भने प्रतिष्ठानमा रहेका पदाधिकारीको अक्षमताको कारण काम हुननसकेकोे गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *