बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश

२७ असोज २०७८ काठमाडौं । नेपाली समर्थकका लागि माल्दिभ्सबाट निकै सुखद खबर आएको छ । साफ च्याम्पियनसिपमा नेपालले इतिहास रचेको छ ।
लीग चरणको अन्तिम खेलमा अन्तिम समयमा गोल गर्दै बंगलादेशसँग एक एक गोलको बराबरी गरेपनि नेपाली टिमले साफको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको। सन् १९९३ मा शुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।
नेपालले खेलमा एक गोलले पछि परेको अवस्थामा खेल बराबरी गर्दै इतिहास बनायो । नेपाललाई हारबाट बचाउन अञ्जन विष्टले पेनाल्टीमा गोल गरे ।
माल्दिभ्सको माले रंगशालामा भएको खेलमा नेपाल सुरुवातमा नै एक गोल खान पुग्यो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसलाई सुजल श्रेष्ठले निकै फितलो प्रहार गरे ।
खेलको आठौं मिनेटमा सुमन गौतमले फल गरेपछि पाएको फ्रिकिकमा बंगलादेशले गोल गर्न सफल भयो । उसका लागि मोहम्मद सुमन रेजाले गोल गरे । ६९ औं मिनेटमा गौतम श्रेष्ठको क्रमसमा रोहित चन्दले डिबक्समा गरेको हेडर पोष्टको नजिकैबाट बाहिरीदा नेपाली समर्थक चुकचुकाउन पुगे ।
७५ औं मिनेटमा सुमन अर्यालको प्रहारमा मनिष डाँगीले हेडको प्रयास गरेपनि बंगलादेशी गोलकिपरले बचाए । ७८ औं मिनेटमा बंगलादेशी गोलकिपर अनिसुरले डिबक्स बाहिर आएर अञ्जन विष्टलाई फल गरेपछि सोझै रातो कार्ड पाएर बाहिरीएका थिए ।
जसका कारण नेपालले पाएको फ्रिकिकलाई पनि अन्तिममा बंगलादेशी गोलकिपर रानाले बचाए । ८६ औं मिनेटमा नेपालले पेनाल्टी पायो । डिबक्समा अञ्जन विष्टलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई अञ्जन विष्टले नै गोल गर्न सफल भए । अब नेपालले उपाधीका लागि आजै राती भारत र माल्दिभ्सको विजेतासँग खेल्नेछ ।
यसैबीच आजको खेलबाट रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेलेको तथ्यांकमा पूर्व कप्तान विराज महर्जनको बराबरी गरेका छन् ।
नेपाली राष्ट्रिय टिमबाट सन्यास लिइसकेका विराजले ७३ क्याप जितेकोमा अब रोहितले बंगलादेशविरुद्धको खेलसँगै त्यसको बराबरी गरेका छन् र संयुक्त रूपमा दोस्रो स्थानमा उक्लेका छन् । किरणले भने बंगलादेशविरुद्धको खेलबाट कीर्तिमान ७८ औं क्याप जितेका छन् ।
प्रतिक्रिया