खेलकूद

साफ च्याम्पियनसिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

हिमालय टिभी
२०७८ असोज २७ गते ९:३३
साफ च्याम्पियनसिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

२७ असोज २०७८ काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लीगको अन्तिम खेलमा नेपालले आज बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र बङ्गलादेशको खेल आज दिउँसो ४ः४५ मा शुरु हुनेछ ।बङ्गलादेशविरुद्ध मैदान उत्रँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । आजको खेल बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्