खेलकूद

जर्मनी कतारमा हुने विश्वकप फुटबलमा पुग्ने आयोजकबाहेकको पहिलो टोली

हिमालय टिभी
२०७८ असोज २६ गते ९:३१
जर्मनी कतारमा हुने विश्वकप फुटबलमा पुग्ने आयोजकबाहेकको पहिलो टोली

२६ असोज २०७८ काठमाडौं । जर्मनी आगामी वर्ष कतार हुने विश्वकप फुटबलमा पुग्ने आयोजक बाहेक पहिलो टोली बनेको छ ।

युरोपियन छनोट अन्तर्गत गएराति जर्मनीले नर्थ मेसोडोनियालाई ४–० ले पराजित गरेको हो । जर्मनीका लागि टीमो वेर्नरले दुई तथा काई हाभर्टज र जमाल मुसिएलाले एक(एक गरे ।

५०औं मिनेटमा हाभर्टजले जर्मनीलाई अग्रता दिलाए । त्यसपछि वेर्नरले ७० औं र ७३ औं मिनेटमा जर्मनीका लागि लगातार दुई गोल थपेका थिए । ८०औं मिनेटमा मुसिएलाले गोल गरेपछि जर्मनी समग्रमा ४(० ले विजयी भएको हो ।

जितसँगै समूह जे बाट जर्मनीले दुई खेल अगावै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । चार पटकको विश्वविजेता जर्मनी २० औं पटक विश्वकपमा पुगेको छ ।

जर्मनी ८ खेलबाट २१ अंकसहित शीर्ष स्थानमा छ । यही समूहको अर्को खेलमा रोमानियाले अर्मेनियालाई १० ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्