खेलकूद
सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ बन्न सफल
२०७८ असोज २५ गते १७:२६

२५ असोज २०७८ काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको प्लेयर अफ द मन्थ मेन्स् बन्न सफल भएका छन् ।
आईसीसीले आज सन्दीपलाई सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषणा गरेको हो । गत बुधबार सार्वजनिक भएको मनोनयनबाट सन्दीपले सर्वाधिक मत पाएका थिए ।
पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टर सम्मिलित आईसीसी प्यानलको ९० प्रतिशत र समर्थकको खुला मतदानको १० प्रतिशत मतभारमा सन्दीप उत्कृष्ट चुनिएका हुन् ।
उनले मनोनयनमा परेका बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारे ।
सन्दीपले गत महिना ओमानमा सम्पन्न विश्व क्रिकेट लिग टु र पपुवा न्युगिनीसँगको दुई एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए ।
प्रतिक्रिया