समाज

सावधानी नअपनाउँदा धनुषामा मोतिबिन्दुका बिरामी बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २५ गते १६:३९
सावधानी नअपनाउँदा धनुषामा मोतिबिन्दुका बिरामी बढ्दै (भिडियो रिपोर्टसहित)

२५ असोज २०७८ धनुषा । धनुषामा मोतिबिन्दुका बिरामीको संख्या बढ्दै गएको छ । जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालले पछिल्लो समय गरेको निःशुल्क शिविरमा परीक्षण गराएकामध्ये करिव ५० प्रतिशतमा मोतिबिन्दु पाइएको हो ।

आँखाको स्वास्थ्यप्रति गम्भीर नहुँदा मोतिबिन्दुका बिरामीको संख्या बढ्दै गएको छ । आँखामा फोहोर हात लैजाने, जथाभावी आँखा माड्ने जस्ता कारण आँखासम्बन्धी बिरामी बढेका हुन् । नेपाल रेडक्रस सोसाइटी र जनकपुरधामको श्री जानकी आँखा अस्पतालले पछिल्लो समय गरेको निःशुल्क शिविरमा आएकामध्ये करिब ५० प्रतिशत मोतिबिन्दुका बिरामी छन् ।

अस्पतालले धनुषाको पूर्वी ग्रामिण क्षेत्रमा गरेको निशुल्क आँखा शिविर गरेको हो । कमला नगरपालिका वडा नम्बर ६ मरानस्थित श्री बिलटबौकु माविमा सञ्चालन गरिएको एक दिने शिविरमा कुल ७५० जनाले उपचार गराएकोमा ३ सय २८ जनामा मोतिबिन्दु पाइएपछि चिकित्सकसमेत आश्चर्य चकित भए ।

त्यसैगर धनुषाको यदुकोहामा भएको शिविरमा २ सय ५० जनाले उपचार गराएकोमा १ सय २८ मा मोतिबिन्दु देखियो । त्यसैगरी सिन्धुलीमा २ सय ओपीडीमा ५४ जना र महोत्तरीको धबौलीमा २ सय ५० जनामध्ये ७० मा मोतिबिन्दु भटिएको छ । यसले समस्याका साथै आँखा स्वास्थ्यप्रति आम मानिसको उदासिनता उदांगो पारेको छ । मोतिबिन्दु भएका बिरामीहरुलाई जनकपुरधाम ल्याएर निःशुल्क उपचार, औषधि, चस्माका साथै आउने जाने र खाना नास्ता र बस्ने व्यवस्था अस्पतालले नै गरेको छ ।

आफूलाई मोतिबिन्दु भएको थाहा पाएपछि डराएका स्थानीय निःशुल्क रुपमा उपचार पाएपछि भने खुसी भएका छन् ।

धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली क्षेत्राधिकार रहेको अस्पतालले जिल्लाको सबै ग्रामीण भेगमा शिविर सञ्चालन गरी निःशुल्क उपचार गराउनुका साथै सचेतना जगाउने काम गरिररहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *