खेलकूद

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै, जित्ने रणनीतिमा नेपाल

हिमालय टिभी
२०७८ असोज २४ गते १३:५१
साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै, जित्ने रणनीतिमा नेपाल

२४ असोज २०७८ काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा आज नेपालले चिर प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ ।

शुरुवाती दुई खेल जित्दै तालिकाको शीर्षस्थानमा रहेको नेपालले आजको खेल जितेमा एक खेल अगावै फाइनलमा स्थान बनाउने छ । यता दुई बराबरी खेल्दै तालिकाको चौंथो स्थानमा रहेको भारतलाई भने फाइनलको सम्भावना बलियो बनाउन जित्नैपर्ने दबाव छ । तर पछिल्ला समय सुधारिएको नेपाल जितको यात्रा निरन्तरता दिने लक्ष्यमा छ ।

पहिलो पटक दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य सहित माल्दिभ्स गएको नेपाली राष्ट्रिय टोलीले शुरुवाती दुई खेल जित्दै उपाधिमा दाबेदारी प्रस्तुत गरिसकेको छ ।

तालिकाको शीर्षस्थानमा रहेको नेपालले अब राउन्ड रोबिन लीगमा दुई खेल खेल्न बाँकी छ । ६ अंकसहित शीर्षस्थानमा रहेको नेपालका लागि अब फाइनलमा स्थान बनाउन एक जितनै पर्याप्त हुनेछ ।

बंगलादेशको ३ खेलबाट ४ अंक छ भने आयोजक माल्दिभ्सको ३ अंक छ । भारत २ अंक सहित चौंथो स्थानमा रहँदा पुछारमा रहेको श्रीलंकको १ अंक छ । यही समीकरण पछ्याउँदै नेपालले आइतबार चिर प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ ।

मालेको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ । यो खेल जितेमा नेपाल लिग चरणको अन्तिम खेल अगाडीनै फाइनलमा स्थान बनाउने पक्का छ । दक्षिण एसियामा भारत बलियो टोली भएपनि जितनै प्रमुख लक्ष्य रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रिम्याच कन्फ्रेन्समा बताएका छन् ।

फिफाको विश्व वरियतामा भारत नेपालभन्दा निकै माथि छ । पछिल्लो वरियतामा भारत १०७ औं स्थानमा छ भने नेपाल ६१ स्थान तल १६८ औं स्थानमा छ । तर साफ जित्ने सपना पुरा गर्न नेपाली टोली एक एक खुड्किलो चालिरहेको र भारत विरुद्धको खेलमा पनि जितका लागि पुरै समय मैदानमा संघर्ष गर्ने कप्तान किरण चेम्जोङले बताए ।

दक्षिण एसियामा भारत र नेपालबीचको खेलमा जित र हार मात्र होइन भावनात्मक प्रतिस्पर्धा पनि जोडिएको हुन्छ । खेलाडीदेखि दर्शक पनि भारतसँग कुनै खेल हार्न चाहँदैनन् । तर भारतसँगको विगत भने नेपालको लागि सुखद छैन् ।

यि दुईबीच अहिलेसम्म २१ खेल भएका छन् । जहाँ भारतले १४ खेल जितेको छ भने नेपालले मात्र २ खेल जितेको छ । बाँकी ५ खेल बराबरीमा सकिएका छन् । जसमा भारतले ३६ गोल रहेको छ भने नेपालले भारतविरुद्ध ११ गोल गरेको छ । साफ च्याम्पियनसिपकै तयारीका क्रममा पछिल्लो पटक यि दुईबीच दशरथ रंगशालामा प्रतिस्पर्धा भएको थियो ।

गत भदौमा भएको पहिलो खेलमा १०१ गोलको बराबरी भएको थियो भने दोस्रो खेलमा नेपाल २९१ गोलले पराजित भएको थियो । साफका सुरुवाती संस्करणदेखि सबैमा सहभागीता जनाएपनि नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन् ।

यो तितो यर्थाथमा पूर्ण विराम लगाउने अभियानमा रहेको नेपालले सुरुवाती दुवै खेल जित्दै पाएको ऐतिहासिक उपलब्धी निरन्तरता दिनेमा नेपाली दर्शकहरुको पनि कामना र विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्