आर्थिक

शेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने शिवम् सिमेन्टको प्रस्ताव

हिमालय टिभी
२०७८ असोज २४ गते १३:३६
शेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने शिवम् सिमेन्टको प्रस्ताव

२४ असोज २०७८ काठमाडौं । शिवम् सिमेन्टले शेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडको सञ्चालक समितिको बैठकले शेयर धनीलाई २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो पोहोरभन्दा ५ प्रतिशत धेरै हो ।

२९ प्रतिशत लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते मंगलबार, होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा डाकेको छ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजीभन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत साधारण सभाले पारित गर्ने छ।

कोभिड नाइन्टिन महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *