खेलकूद
आईपीएलमा आज क्वालिफायर खेल हुँदै, दिल्ली र चेन्नई भिड्ने
२०७८ असोज २४ गते ९:१९
२४ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज क्वालिफायर खेल हुँदैछ ।
आज हुने पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नईबीचको खेल साँझ ७ : ४५ मा शुरु हुनेछ ।
आजको खेलमा जित हात पार्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित भएको टोलीले एलिमिनेटरमा जित्ने टोलीसँग खेल्ने छ ।
एलिमिनेटर खेल भोलि हुनेछ । रोयल च्यालेन्जर्स बैङ्गलोर र कोलकाता नाइट राइडर्सबीच हुने भोलिको एलिमिनेटर ७ : ४५ मा हुनेछ ।
भोलिको विजेता र आज पराजित हुने टोलीबीच दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ । दोस्रो क्वालिफायरमा विजेता टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
प्रतिक्रिया