आर्थिक

शुरु भयो काठमाडौंमा खसीबोकाको व्यपार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते ६:३६
शुरु भयो काठमाडौंमा खसीबोकाको व्यपार (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ काठमाडौं । दशैंको रौनक शुरु भएसँगै काठमाडौंमा खसीबोका, चाङ्ग्रा व्यपार बढ्दो छ। सरकारीस्तरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रका व्यापारीहरुलाई समेत खसीबोका बेच्न भ्याइनभ्याई छ ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी बोका किन्नेको भिड बढ्दो छ । कम्पनीले दशैंलाई लक्षित गरेर शनिबारबाट खसीबोकाको विक्री शुरु गरेको हो ।

कम्पनीमा प्रतिकेजी ६ सय ४० रुपैयाँ मूल्यमा विक्री वितरण गरेको छ । निजी व्यपारीले बेच्नेभन्दा खाद्य कम्पनीले दिने खसीबोका केही सस्तो पर्ने भएकाले भिड लाग्ने गरेको छ ।

कम्पनीले २ हजार खसीबोका विक्रीका लागि ल्याएको छ । माग बढे आवश्यकता अनुसार ल्याउने जनाएको छ । खाद्यले बेच्ने खसीबोकामा विश्वास र बजारमा मूल्यभन्दा सस्तो समेत हुने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी किन्न आउने उपभोक्ताहरु समेत दशैका सहजै खसी किन्न पाएकोमा खुसी छन्।

दशैँमा मासुका विभिन्न परिकार बनाएर खाने प्रचलन भएकाले पनि धेरैजसोले घरमै खसी किनेर लैजाने गरेको पाइन्छ ।

खाद्यमा सस्तो र राम्रा खसीबोका किन्न वर्षेनि आउनेहरुको संख्या बढ्दो छ । खाद्यले उपभोक्तालाई दशैंका आभाव नहोस् भनेर सरकारीस्तरबाट हरेक वर्ष खसीबोका ल्याएउने गरेको छ । तर विक्री वितरण व्यवस्थित नभएको उपभोक्ताको गुनासो छ ।

खाद्यले धेरै मात्रामा खसीबोका ल्याउने भए पनि निजी व्यवसायीहरुले समेत काठमाडौंमा दशैंका लागि धेरै नै खसी ल्याउने गरेका छन् । गत वर्ष कोरानाले खसीबोका कम आए पनि अहिले खसीबोका ल्याउने संख्या बढ्दो छ ।

अहिले ६० प्रतिशतसम्म बजार नेपालकै खसीबोकाले धानेको व्यवसायी बताउँछन् । यस वर्ष च्यांग्राको मूल्य अत्यधिक बढेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्यांग्रा ल्याएको छैन भने अरु व्यापारीहरुले पनि कमै मात्रामा ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *