आर्थिक

चाडपर्वमा हुने खर्च कसरी व्यवस्थापन गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २३ गते २०:२६
चाडपर्वमा हुने खर्च कसरी व्यवस्थापन गर्ने ? (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ काठमाडौं । चाडपर्व नजिकिएसँगै खर्च व्यवस्थापन कसरी गर्ने भन्ने तनाव प्रायलाई हुन्छ । थोरै खर्चले परिवारका आवश्यकता पुरा गर्नुपर्ने भएकाले यस्तो तनाव हुनु पनि स्वाभाविकै हो । चाडपर्वमा हुने खर्चको तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ त ?

शिव कुँवरले भने जस्तै चाडपर्वको समयमा अत्यावश्यक सामग्री मात्रै किन्ने बानी थोरैको मात्र छ । वर्षमा एक पटक आउने पर्व खुलेर खर्च गर्नुपर्छ भन्ने सोच एकातिर र देखासिकीकै लागि पनि अनावश्यक खर्च गर्ने प्रवृत्ति अर्कोतिर छ ।

देखासिकी होस् वा सामाजिक प्रतिष्ठाका नाममा अनावश्यक खर्च गर्ने बानीले हाम्रो चाडपर्व भड्किलो हुने गरेको छ । जस्ले गर्दा चाडपर्वको दिन हर्ष भए पनि भोलिपल्टदेखि विस्मातको दिन सुरु हुने समाजशास्त्रीहरुको भनाइ छ ।

हुन त, चाडपर्व अघिपछिभन्दा केही खर्चिलो नै हुन्छ । परिवारका सबै सदस्यका लागि एकैपटक हुने किनमेलले ठूलो रकम त्यता खर्च भइरहेको हुन्छ। साविकभन्दा धेरै र महंगो खाद्यवस्तुको खरिद हुन्छ । तर यस्तो बानीमा सामान्य मात्रै परिवर्तन गर्न सकियो भने पनि खर्चलाई मितव्ययी बनाउन सकिन्छ ।

बजारमा राम्रा सामान देख्दा किनुकिनु लाग्न सक्छ । र अनावश्यक सामग्री किन्दा, जोगाउन सकिने पैसासमेत खेर जान्छ। त्यसको लागि बजार जानुअघि सामानको लिस्ट बनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ ।

भन्छन् घाँटी हेरेर मात्रै हाड निल्नुपर्छ । त्यसैगरी आफ्नो पकेट अनुसार नै चाडपर्व मनाउनु उपयुक्त हुन्छ, चाडपर्व धेरै खर्च गरेर होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *