समाज

गिट्टी विक्री नभएपछि सुर्खेतका बाढीपहिरो पीडितको दशैँ खल्लो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २३ गते २०:२१
गिट्टी विक्री नभएपछि सुर्खेतका बाढीपहिरो पीडितको दशैँ खल्लो (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ सुर्खेत । देशभर दशैंको रौनक शुरु भएका बेला सुर्खेतका बाढी पहिरो विस्थापितलाई भने दशैँ खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । गिट्टी विक्री नभएपछि त्यसकै साहरामा छाक टार्दै आएका विस्थापितलाई दशैँ खल्लो हुने चिन्ता बढेको हो ।

कर्णाली राजमार्गको गिरिघाट शिविरमा एकसय १५ घरधुरी बाढी पीडित बस्दै आएका छन् । सात वर्षदेखि त्रिपालमै बसेका विस्थापितलाई यसपालिको दशैँ र तिहार कसरी मनाउने भन्ने पिरलो छ । कुटेका गिट्टी विक्री नभएको र रोजगारीको अन्य विकल्प नहुँदा दशैँ मनाउन समस्या भएको विस्थापितहरु बताउँछन् ।

दशैँका लागि सडक र खोला किनारामा विस्थापितहरुले गिट्टी कुटिरहेका छन् । तर अपेक्षा गरेअनुसार विक्री भएको छैन ।

कर्णाली प्रदेश सरकारले दशैं अगावै प्रति घरधुरी तीन लाख रुपैयाँ उपलब्ध गराउने र सम्बन्धित स्थानीय तहले पुनर्स्थापनाको जिम्मा लिने बताएपनि रकम नपाएको विस्थापितहरुको गुनासो छ ।

सुर्खेतमा एक हजार ४५ विस्थापित घरधुरीमध्ये चार सय बढी घरधुरी सुर्खेतको मसिना, तिखाकुना र महिला प्रशिक्षण केन्द्रका शिविरमा बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *