खेलकूद

बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक

हिमालय टिभी
२०७८ असोज २३ गते ९:१५
बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक

२३ असोज २०७८ पेरिस । फुटबलको चर्चित बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

फ्रेन्च फुटबलले हिजो बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् ।

मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । विजेताको घोषणा पेरिसमा नोभेम्बर २९ मा हुनेछ ।

खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरूको भोटको आधारमा विजेता घोषणा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्