हिमालय टेलिभिजनमा ‘द भ्वाइस अफ किड्स'(भिडियो रिपोर्टसहित)
२२ असोज २०७८ काठमाडौं । हिमालय टेलिभिजन एचडीले बाल गायनसम्बन्धी रियालिटी शो द भ्वाइस अफ किड्स प्रशारण गर्ने भएको छ ।
छिट्टै प्रशारण हुन लागेको द भ्वाइस अफ किड्सका लागि आज प्रायोजनसम्मन्धी सम्झौता भएको छ । जस अनुसार द भ्वाइस अफ किड्सको हाइजिन पार्टनर लाइफबोय छ भने डाबर रेड पेस्टले पावर्डबाइ गरेको छ ।
स्पोन्सरमा लिटमस केबल्स र वात्सल्य न्याचुरल आइभीएफ छन्। एसोसिएट स्पोन्सरमा अन्तर्गत आइटी एजुकेसन पार्टनरमा डिजी स्कुल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती डिजिटल वालेट आवद्ध छ ।
द भ्वाइस किड्सको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ प्रालि छ । द भ्वाइस अफ किड्समा ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने छन् ।
विश्वका १ सय ९२ देशमा नम्बर वान गायन रियालिटी शोका रुपमा स्थापित द भ्वाइस, नेपालमा अत्याधिक सफल रियालिटी शो हो । यही फेन्चाइज अन्तरगत द भ्वाइस अफ किड्स नयाँ आयामको रुपमा आएको हिमालय टेलिभिजनले जनाएको छ ।
द भ्वाइस अफ किड्सको पहिलो सिजनमा सुप्रसिद्ध गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी कोच छन् ।
प्रतिक्रिया