समाज

अपाङ्गता भएका व्यक्तिलाई घरघरमै खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २२ गते २०:५८
अपाङ्गता भएका व्यक्तिलाई घरघरमै खोप (भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ धनगढी । धनगढी उपमहानगरपालिकाले हिँडडुल गर्न नसक्ने सबै उमेरका अपाङ्गता भएका व्यक्तिलाई घरघरमा गई कोरोनाविरुद्धको खोप लगाएको छ ।

सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप अभियान शुरु गरे पनि अपाङ्गता भएका व्यक्ति त्यसबाट बञ्चित भएपछि उपमहानगरले अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने विभिन्न संघ संस्थाको सहयोगमा घरघरमा गएर उनीहरुलाई खोप लगाएको हो ।

कोरोनाविरुद्धको खोप पाएपछि हिँडडुल गर्न नसक्ने अपाङता भएका ब्यक्ति र परिवारका सदस्य खुशी भएका छन् ।

राज्यले अहिलेसम्म कोरोना महामारीमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता नदिएको भन्दै विभिन्न संघसंस्थाले विरोध गर्दै आएपछि ढिलै भए पनि उनीहरुले खोप पाएका हुन् । खोप केन्द्रमा जान सक्ने अवस्था नभएका उनीहरुलाई उपमहानगरको स्वास्थ्य शाखाको टिमले खोप लगाएको हो ।

टोलीले अपाङ्गता भएका विद्यार्थीलाई विद्यालयमै गएर खोप लगाएको छ ।

धनगढी उपमहानगरका १९ वटा वडाका अपाङ्गता भएका व्यक्तिलाई खोप लगाइएको हो । खोप अभियानमा धनगढी उपमहानगरले कोभिडको भ्याक्सिन र स्वास्थ्यकर्मीको टोली उपलब्ध गराएर सहयोग गरेको हो ।

कोभिड–१९ विरुद्धको खोप शुरुमा सरकारले प्राथमिताका आधारमा लगाए पनि अहिले सहज बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *