खेलकूद

स्पोर्ट्स क्यासललाई ए डिभिजन राष्ट्रिय फुटसल लीगको उपाधि

हिमालय टिभी
२०७८ असोज २२ गते १८:३२
स्पोर्ट्स क्यासललाई ए डिभिजन राष्ट्रिय फुटसल लीगको उपाधि

२२ असोज २०७८ काठमाडौं । पहिलो संस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लीगको उपाधि स्पोर्ट्स क्यासल पोखराले जितेको छ । शंखमुल फुटसललाई ४–२ गोलले हराउँदै क्यासलले उपाधि जितेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको फाइनलमा स्पोर्ट्स क्यासललाई च्याम्पियन बनाउन किशोर गुरुङले ह्याट्रिक गरे । विजय गुरुङले एक गोल गरे । शंखमुलका लागि लक्ष्मण थापमगर र मणि लामाले गोल गरे ।

खेलको पाँचौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई १–० को अग्रता दिलाएका थिए । १०औं मिनेटमा लक्ष्मणले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । २०औं मिनेटमा किशोरले गोल गर्दै स्पोर्ट्स क्यासललाई २–१ को अग्रता दिलाए ।

२१औं मिनेटमा किशोर गुरुङले स्पोर्ट्स क्यासललाई ३–१ को अग्रता दिलाए । २२औं मिनेटमा मणिले गर्दौ शंखमुललाई ३–२ को अवस्थामा ल्याए । ३९औं मिनेटमा किशोरले ह्याट्रिक पुरा गर्दै क्यासलाई ४–२ को जितसहित च्याम्पियन बनाए ।

शंखमुलले लगातार चौथो दिन चार खेल खेल्नुपर्दा फाइनलमा स्पोर्ट्स क्यासललाई बलियो चुनौती पेश गरे पनि हार टार्न सकेन । फाइनलमा ह्याट्रिक पुरा गरेका किशोर प्लेयर अफ दि म्याच चुनिए । उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख रुपैयाँ हात पारेको छ ।

उपविजेता शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । असोज २ गते पोखरामा सुरु भएको लिगमा सातै प्रदेशबाट १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्