खेलकूद
आईपीएलमा आज दुई खेल हुने
२०७८ असोज २२ गते ९:२०

२२ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुदैँछन् ।
दुबईको जायद अन्तर्राष्ट्रिय मैदानमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियसबीच प्रतिस्पर्धा हुनेछ । अर्का खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटलबीच हुनेछ ।
हिजोको खेलमा भने कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।
कोलकाताले दिएको १ सय७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । यो जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया