खेलकूद

नेशन्स लीग फुटबलको उपाधिका लागि स्पेन र फ्रान्स भिड्ने

हिमालय टिभी
२०७८ असोज २२ गते ८:४९
नेशन्स लीग फुटबलको उपाधिका लागि स्पेन र फ्रान्स भिड्ने

२२ असोज २०७८ काठमाडौं । नेशन्स लीग फुटबलको उपाधिका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् ।

दोस्रो सेमिफाइनलमा गएराति फ्रान्सले बेल्जियमलाई ३–२ ले हराउँदै स्पेनसँगको भिडन्त पक्का पारेको हो । पहिलो हाफसम्म २–० को अग्रता लिएको बेल्जियम दोस्रो हाफमा पछि परेको हो ।

बेल्जियमका लागि ३७औं मिनेटमा यान्निक कारास्को र ४०औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेका थिए । तर दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको थियो ।

फ्रान्सकातर्फबाट ६२औं मिनेटमा करिम बेञ्जिमा, ६९औं मिनेटमा केलियन एम्बाप्पे र ९०औं मिनेटमा थियो हर्नान्डेजले गोल गरे ।

यसअघि पहिलो सेमिफाइनलमा इटालीलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको थियो । फाइनल खेल यही आइतबार इटालीमा हुनेछ । तेस्रो स्थानका लागि बेल्जियम र इटालीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्