खेलकूद

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

हिमालय टिभी
२०७८ असोज २२ गते ८:३८
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

२२ असोज २०७८ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ क्यानले दरखास्त आह्वान गर्ने भएको छ ।

क्यानको हिजो बसेको कार्यसमिति बैठकले एक हप्ताभित्र १५ दिनको म्याद राखेर मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

यसै महिनाको सुरुवातमा ओमानमा सम्पन्न आईसिसी विश्व क्रिकेट लीग टु त्रिकोणात्मक एक दिवसीय सिरिजसँगै मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोली छाडेका थिए ।

त्यस्तै क्यानको बैठकले राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण कार्तिकको सुरुवातमै गर्ने तयारी गरेको छ । युएईमा हुने आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि एसियाली छनोटमा सहभागी हुन क्यानले कार्तिक ३ गतेदेखी टोलीको प्रशिक्षण सुरु गर्ने जानकारी दिएको हो ।

काठमाडौंमा हुने बन्द प्रशिक्षणका लागि क्यानले प्रारम्भिक चरणमा २४ खेलाडी बोलाईसकेको छ । बैठकमा विभिन्न ७ विषयमा निर्णय हुँदा क्यान सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजिनामा स्विकृत गरेको छ ।

क्यानले कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ललाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्